पृथ्वी र बीपी राजमार्ग एकतर्फी सुचारु, कुन-कुन राजमार्ग छन् अवरुद्ध ?

पृथ्वी र बीपी राजमार्ग एकतर्फी सुचारु, कुन-कुन राजमार्ग छन् अवरुद्ध ?

मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • पृथ्वी र बीपी राजमार्ग एकतर्फी सुचारु, कुन-कुन राजमार्ग छन् अवरुद्ध ?

    काठमाडौं । बाढी तथा पहिरोका कारण अवरुद्ध भएका पृथ्वीराजमार्ग र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । पहिरो पन्छाएपछि दुवै राजमार्गमा सीमित रूपमा सवारी आवागमन सुरु भएको नेपाल प्रहरीले जनाएको छ ।

    तर, देशका विभिन्न क्षेत्रमा पहिरोका कारण सडक यातायात अझै प्रभावित छ । गण्डकी प्रदेशका मनाङको चामे–बेंसीसहर, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड पूर्ण रूपमा बन्द छन् ।

    त्यस्तै, मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुङ्गा–बेनी, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, लमजुङको मध्यपहाडी लोकमार्ग तथा तनहुँको पृथ्वीराजमार्गअन्तर्गत घाँसीकुवा क्षेत्रमा पनि पहिरोका कारण यातायात ठप्प छ ।

    लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोर, कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्गको गगने खोला र मुगुको नाग्म–गमगढी सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

    अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय प्रशासन तथा सम्बन्धित निकायले प्रयास जारी राखेका छन् । प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकखण्डको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij