५१३ मनसुनजन्य घटनामा २७ जनाको मृत्यु, १ हजारभन्दा बढी परिवार प्रभावित

५१३ मनसुनजन्य घटनामा २७ जनाको मृत्यु, १ हजारभन्दा बढी परिवार प्रभावित

मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • ५१३ मनसुनजन्य घटनामा २७ जनाको मृत्यु, १ हजारभन्दा बढी परिवार प्रभावित

    काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् भने ४ जना अझै सम्पर्कविहीन छन् ।

    असोज ८ गतेदेखि हालसम्म भएका ५१३ मनसुनजन्य घटनाबाट १ हजार ६५ परिवार प्रभावित भएका छन् । बाढी–पहिरोका कारण २२५ घर पूर्ण र १३७ घर आंशिक क्षतिग्रस्त भएका छन् भने २७ गोठ तथा ११४ पशुचौपाया पनि प्रभावित भएका छन् ।

    बाढी र पहिरोले देशभरका १४७ स्थानमा सडक क्षति पुर्‍याएकोमा १२५ स्थानमा मर्मत तथा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ । पृथ्वी राजमार्ग, त्रिभुवन राजपथलगायतका सडकमा यातायात सञ्चालनमा आए पनि बीपी राजमार्ग, कालीगण्डकी करिडोर, बेँसीसहर–चामे र सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकका केही खण्ड अझै प्रभावित छन् ।

    बाढीका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको थियो । त्यसमध्ये सेती–मादी र मर्स्याङ्दी करिडोरका केही जलविद्युत् आयोजना सञ्चालनमा आएका छन् ।

    यस्तै, बाढीपहिरोका कारण विच्छेद भएका नेपाल टेलिकमका १ हजार १३२ टावरमध्ये ७८२ र एनसेलका १६२ मध्ये १०५ टावर सञ्चालनमा ल्याइएको छ ।

    बाढी तथा डुबान प्रभावित सुस्ता, चितवन, सप्तरी, रौतहट र रुपन्देहीलगायतका क्षेत्रबाट हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइएको जनाएको छ ।

    प्रधानमन्त्री वालेन्द्र शाहले मौसमजन्य जोखिम अझै कायमै रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij