एकैदिन सुनको भाउमा ठूलो गिरावट, चाँदी पनि सस्तियो

एकैदिन सुनको भाउमा ठूलो गिरावट, चाँदी पनि सस्तियो

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • एकैदिन सुनको भाउमा ठूलो गिरावट, चाँदी पनि सस्तियो

    काठमाडौँ, १२ असोज । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको मूल्य प्रतितोला रु. ५ हजार र चाँदीको मूल्य रु. १४५ ले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु. २ लाख ९४ हजार ३०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ४ हजार ५१० निर्धारण गरिएको छ।

    यसअघि आइतबार छापावाल सुन प्रतितोला रु. २ लाख ९९ हजार ३०० र चाँदी रु. ४ हजार ६५५ मा कारोबार भएको थियो।

    एकै दिन सुनको मूल्यमा प्रतितोला ५ हजार रुपैयाँको गिरावट आएपछि सुन बजारमा आजको मूल्य परिवर्तनलाई चासोका साथ हेरिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij