नेपालको अग्निपरीक्षा : श्रीलङ्कासँग क्वार्टरफाइनल भिडन्त

नेपालको अग्निपरीक्षा : श्रीलङ्कासँग क्वार्टरफाइनल भिडन्त

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • नेपालको अग्निपरीक्षा : श्रीलङ्कासँग क्वार्टरफाइनल भिडन्त

    काठमाडौँ, १३ असोज - २०औँ एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको असली परीक्षा मंगलबार हुने भएको छ ।  समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनल पुगेको नेपालले सेमिफाइनल प्रवेशका लागि भोलि मंगलबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ।

    नेपाल समूह ‘ए’ को विजेता बन्दै अन्तिम आठमा पुगेको हो। नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो भने जापानसँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए।

    जापानविरुद्धको खेलमा नेपालले १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो। सन्दीप जोराले ३२ बलमा ५७ रन तथा लोकेश बमले २२ बलमा अविजित ५२ रन बनाए। लोकेशले एक चौका र छ छक्का प्रहार गरेका थिए।

    तर श्रीलङ्काविरुद्धको खेल नेपालको लागि समूह चरणभन्दा फरक चुनौती हुनेछ। बलियो प्रतिद्वन्द्वीविरुद्ध ब्याटिङसँगै बलिङ र दबाबमा खेल्ने क्षमता निर्णायक बन्न सक्छ।

    नेपालका लागि यो खेल केवल क्वार्टरफाइनल पार गर्ने अवसर मात्र होइन, एसियाली खेलकुदमा क्रिकेटतर्फ आफ्नो दाबेदारी प्रस्तुत गर्ने महत्वपूर्ण मौका पनि हो। समूह चरणको लयलाई निरन्तरता दिँदै श्रीलङ्कालाई रोक्न सके नेपाल सेमिफाइनलमा पुग्नेछ। बरियाताको कुरा गर्दा श्रीलंका ९ औं नम्बरमा रहेको छ भने नेपाल १४ औं ।

    नेपाल र श्रीलङ्काबीचको क्वार्टरफाइनल खेल भोलि मंगलबार बिहान १० बजे सुरु हुनेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij