दुई महिनामै मेची भन्सारको झन्डै ३ अर्ब राजस्व सङ्कलन

दुई महिनामै मेची भन्सारको झन्डै ३ अर्ब राजस्व सङ्कलन

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • दुई महिनामै मेची भन्सारको झन्डै ३ अर्ब राजस्व सङ्कलन

    भद्रपुर, १२ असोज - मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ।

    साउन र भदौका लागि कार्यालयले रु तीन अर्ब सात करोड ५० लाख राजस्व सङ्कलनको लक्ष्य राखेको थियो। लक्ष्यको ९२.१४ प्रतिशत राजस्व उठेको हो।

    साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो। भदौमा भने सङ्कलन बढेर रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार पुगेको छ। भदौमा लक्ष्यको ९४.७३ प्रतिशत राजस्व उठेको हो, जुन साउनको ८९.१९ प्रतिशतभन्दा बढी हो।

    गत वर्षको भदौको तुलनामा पनि चालु आवको सोही महिनामा राजस्व सङ्कलन ९.४३ प्रतिशतले बढेको छ। गत वर्ष भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो।

    प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार सीमापार व्यापारमा आएको सुधार र भन्सार प्रशासनमा गरिएको कडाइले राजस्व सङ्कलन बढाउन सहयोग गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij