हिम्लुङ हिमालमा हिउँपहिरो, करिब एक दर्जन आरोही बेपत्ता भएको आशंका

हिम्लुङ हिमालमा हिउँपहिरो, करिब एक दर्जन आरोही बेपत्ता भएको आशंका

आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • हिम्लुङ हिमालमा हिउँपहिरो, करिब एक दर्जन आरोही बेपत्ता भएको आशंका

    मनाङ, ११ असोज । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिउँपहिरो गएको छ। हिउँपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ।

    हिम्लुङ हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन आरोही सम्पर्कविहीन भएको आशंका गरिएको छ। उनीहरूमध्ये ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेको बताइएको छ।

    घटनापछि उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङतर्फ पठाइएको छ। घटनास्थलमा उद्धार टोली पुगेर खोजी तथा उद्धारको प्रयास गरिरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार हिउँपहिरोबाट भएको क्षतिको यकिन विवरण भने अझै प्राप्त भएको छैन। घटनामा मानवीय क्षति भए-नभएकोबारे पनि उद्धारपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा सबै नेपाली नागरिक रहेको स्रोतको दावी रहेको छ । 

    प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij