निवासमै सुरक्षा पाउने भए पूर्वप्रधानन्यायाधीश जबराले

निवासमै सुरक्षा पाउने भए पूर्वप्रधानन्यायाधीश जबराले

आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • निवासमै सुरक्षा पाउने भए पूर्वप्रधानन्यायाधीश जबराले

    काठमाडौँ, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा खतरा देखिएपछि प्रहरीले निवासमै सुरक्षा दिने भएको छ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार सुरक्षा खतराको सूचना आएपछि प्रहरीले जबरालाई निगरानीमा राख्दै सुरक्षा दिएको थियो। सुरक्षाको जोखिम देखिएपछि उनलाई गएराति सुरक्षित स्थानमा समेत राखिएको प्रहरीले जनाएको छ।

    खड्काले जबराको सुरक्षाका विषयमा प्रहरी संवेदनशील रहेको बताए। उनका अनुसार जबराले आफूलाई आफ्नै निवासमा सहज हुने बताएपछि अब घरमै सुरक्षा व्यवस्था मिलाइनेछ।

    “उहाँको सुरक्षाका विषयमा हामी संवेदनशील थियौँ। केही सुरक्षा खतराको कुरा आएपछि प्रहरीको निगरानीमा सुरक्षा दिएर राखेका थियौँ,” खड्काले भने, “उहाँले आफूलाई निवासमै सहज हुने बताउनुभएकाले अब घरमै सुरक्षा प्रदान गर्छौं।”

    प्रहरीले जबरालाई कस्तो सुरक्षा खतरा देखिएको हो भन्नेबारे भने विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij