बन्द होइन, उदयपुर सिमेन्टको पुनर्संरचना गर्न डा. न्यौपानेको यस्तो प्रस्ताव

बन्द होइन, उदयपुर सिमेन्टको पुनर्संरचना गर्न डा. न्यौपानेको यस्तो प्रस्ताव

आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • बन्द होइन, उदयपुर सिमेन्टको पुनर्संरचना गर्न डा. न्यौपानेको यस्तो प्रस्ताव

    काठमाडौँ, १० असोजः उदयपुर सिमेन्ट उद्योगलाई बन्द गर्नुको सट्टा प्रविधि आधुनिकीकरण, व्यवस्थापन सुधार र लगानी पुनर्संरचनामार्फत पुनः प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने निष्कर्षसहित पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले विद्यावारिधि अनुसन्धान गरेका छन्।

    सिक्किम प्रोफेसनल युनिभर्सिटीबाट गरिएको अनुसन्धानमा उद्योगका प्राविधिक, वित्तीय, व्यवस्थापकीय र उत्पादनसम्बन्धी समस्याको विश्लेषण गर्दै सुधारका उपाय सुझाइएको छ।

    अनुसन्धानले जीर्ण उपकरणको मर्मत तथा प्रतिस्थापन, आधुनिक प्रविधि र बर्नरको प्रयोग, उत्पादन प्रक्रियामा सुधार तथा खानीदेखि प्याकेजिङसम्मको सम्पूर्ण उत्पादन शृंखला आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएको छ। उत्पादन लागत घटाउन क्याल्सिनर प्रविधि प्रयोग गर्न र सिमेन्टसँगै क्लिंकर बिक्री गर्ने कानुनी व्यवस्था गर्नसमेत सुझाव दिइएको छ।

    उद्योगको विद्यमान दायित्वको यथार्थ मूल्याङ्कन र लेखापरीक्षण गरी त्यसपछि मात्र नयाँ लगानी वा पुनर्संरचनाको मोडल अघि बढाउनुपर्ने अनुसन्धानको निष्कर्ष छ।

    दीर्घकालीन पुनर्संरचनाका लागि सार्वजनिक–निजी साझेदारी वा आंशिक निजीकरणको विकल्पसमेत प्रस्ताव गरिएको छ। सरकारको स्वामित्व कायम राख्दै निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन सकिने र स्थानीय समुदाय, कर्मचारी तथा सर्वसाधारणलाई समेत स्वामित्वमा सहभागी गराउन सकिने अनुसन्धानमा उल्लेख छ।

    त्यस्तै, सुकौरा क्षेत्रमा उपलब्ध चुनढुंगा उपयोग गरी दैनिक करिब १० हजार मेट्रिक टन क्लिंकर उत्पादन क्षमताको नयाँ उद्योग स्थापना गर्न सकिने सम्भावना पनि अध्ययनले औँल्याएको छ।

    डा. न्यौपानेले उद्योगको पुनर्संरचना घाटा घटाउने विषय मात्र नभई रोजगारी, स्थानीय अर्थतन्त्र, सरकारी राजस्व र सार्वजनिक सम्पत्तिको दीर्घकालीन उपयोगसँग जोडिएको विषय भएको बताएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij