देशभर बाढीको त्रास : आज १३ जिल्लामा उच्च जोखिम, भोलि २६ जिल्लामा फैलिने

देशभर बाढीको त्रास : आज १३ जिल्लामा उच्च जोखिम, भोलि २६ जिल्लामा फैलिने

शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • देशभर बाढीको त्रास : आज १३ जिल्लामा उच्च जोखिम, भोलि २६ जिल्लामा फैलिने

    काठमाडौं । देशका प्रमुख नदी तथा स-साना खोलानालामा जलसतह बढ्ने क्रम जारी रहेकाले आज र भोलि विभिन्न क्षेत्रमा बाढीको जोखिम बढ्ने भएको छ । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनमार्फत कोशी, नारायणी, बागमती, कन्काई, कमला लगायतका नदी तथा सहायक नदीमा जलसतह बढ्ने चेतावनी दिएको हो ।

    महाशाखाका अनुसार आज सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, महाकाली, बागमती र पूर्वी राप्तीमा बहाव उल्लेख्य बढ्नेछ। तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबईमा भने आज सामान्य बढ्ने र भोलि असोज १० गते उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

    आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा बहने स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ । अन्य दर्जनौँ जिल्लाका स-साना नदीमा भने मध्यम जोखिम रहेको छ ।

    भोलि असोज १० गते बाढीको उच्च जोखिम थप फैलिने पूर्वानुमान गरिएको छ । नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहनेछ ।

    महाशाखाले पर्सि असोज ११ गते पनि सातै प्रदेशका केही स-साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    825267846_122234115428355476_3571106090668123900_n

    825267899_122234115392355476_5359864696627821229_n

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij