संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइ, ४५० सदस्यीय स्टेट डुमामा ३५५ सिट

संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइ, ४५० सदस्यीय स्टेट डुमामा ३५५ सिट

मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइ,   ४५० सदस्यीय स्टेट डुमामा ३५५ सिट

    काठमाडौं । रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसियाले ५७.८३ प्रतिशत मतसहित ४५० सदस्यीय स्टेट डुमामा ३५५ सिट जितेको छ।

    आधिकारिक नतिजाअनुसार पार्टीले सन् २०२१ को निर्वाचनभन्दा झन्डै ८ प्रतिशत बढी मत पाएको हो। यससँगै युनाइटेड रसियाले संसद्मा संवैधानिक दुईतिहाइ बहुमत कायम गरेको छ।

    सन् २०२२ मा युक्रेनमाथि रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेपछि भएको यो पहिलो संसदीय निर्वाचन हो। रुसले कब्जा गरी आफ्नो भूभागमा गाभेको दाबी गरेका युक्रेनी क्षेत्रका बासिन्दालाई मतदानमा सहभागी गराइएको पनि यो पहिलो निर्वाचन हो।

    कम्युनिस्ट पार्टीले १३.८ प्रतिशत मतसहित ४० सिट जित्दा एलडीपीआरले २५ र न्यू पिपुल्सले २० सिट पाएका छन्। युद्धविरोधी पार्टी याब्लोकोले भने राष्ट्रिय स्तरमा कुनै सिट जित्न सकेन।

    निर्वाचनमा विपक्षी सहभागिता सीमित गरिएको भन्दै याब्लोको र कम्युनिस्ट पार्टीले आफ्ना पर्यवेक्षकलाई मतदान केन्द्रबाट हटाइएको आरोप लगाएका छन्। युरोपेली सङ्घलगायत केही पश्चिमी देशले पनि निर्वाचन प्रक्रियाको आलोचना गरेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij