६३ जिल्लामा सकियाे कांग्रेसको वडा अधिवेशन, मङ्गलबार पनि जारी रहने

६३ जिल्लामा सकियाे कांग्रेसको वडा अधिवेशन, मङ्गलबार पनि जारी रहने

मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • ६३ जिल्लामा सकियाे कांग्रेसको वडा अधिवेशन, मङ्गलबार पनि जारी रहने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन साेमबार सकिएको जानकारी दिए ।

    धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका तीन वटा वडा, नवलपरासी क्षेत्र नम्बर २, डडेल्धुराका चार वटा वडा, रुपन्देहीका तीन वडा, महोत्तरीका आठ वडा, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडाको अधिवेशन अन्तिम चरणमा रहेका उनले जानकारी दिए । 

    रसुवा, धादिङ, नुवाकोट तथा असोज ५ गते सम्पन्न हुन बाँकी रहेका वडाहरूको अधिवेशन असोज ६ गते मङ्गलबार पनि जारी रहने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij