कांग्रेस १५औँ महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

कांग्रेस १५औँ महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • कांग्रेस १५औँ महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

    काठमाडौँ, ४ असोज: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आइतबार गरी ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि छनोटका लागि अधिवेशन भएको हो।

    अधिवेशनमा अधिकांश वडामा निर्वाचन प्रक्रिया उत्साहपूर्ण रूपमा सम्पन्न भएको समितिका सदस्य–सचिव राजु कटुवालले बताए। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदैछ। त्यसअघि वडा तहदेखि नै पार्टीको नयाँ नेतृत्व र महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाइएको हो।

    गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशन हुन सकेको छैन। ती जिल्लामा उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै अधिवेशन प्रक्रिया पछि सञ्चालन गरिने समितिले जनाएको छ।

    कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ क्षेत्र नं. ६ बाहेकका क्षेत्र र सुनसरीलगायत जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। त्यस्तै मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

    सप्तरीका क्षेत्र नं. २ र ४, सर्लाही क्षेत्र नं. २, रौतहट क्षेत्र नं. १ तथा परासी क्षेत्र नं. २ लगायत केही क्षेत्रमा भने अधिवेशन प्रक्रिया बाँकी छ। सिरहा र मोरङ क्षेत्र नं. ६ मा पनि अधिवेशन सम्पन्न हुन बाँकी रहेको समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी रहेका सम्बन्धित क्षेत्र तथा असोज ४ गते सम्पन्न हुन नसकेका सबै वडा अधिवेशन सोमबार असोज ५ गते निरन्तर सञ्चालन हुनेछन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij