एक महिनामा वीरगन्ज भन्सारबाट २३ अर्ब ४६ करोड राजस्व

एक महिनामा वीरगन्ज भन्सारबाट २३ अर्ब ४६ करोड राजस्व

आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • एक महिनामा वीरगन्ज भन्सारबाट २३ अर्ब ४६ करोड राजस्व

    वीरगन्ज (पर्सा), ४ असोज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को भदौमा मात्रै २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

    भन्सार कार्यालयका अनुसार भदौमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो। यो कार्यालयलाई भदौका लागि तोकिएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो।

    भदौ मसान्तसम्मको राजस्व सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तथा प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए।

    कार्यालयका अनुसार मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न वीरगन्ज भन्सारबाट आयात हुने प्रमुख वस्तु हुन्।

    वीरगन्ज भन्सार मुलुकको प्रमुख व्यापारिक नाकामध्ये एक भएकाले यहाँबाट हुने आयातसँगै सरकारको राजस्व सङ्कलनमा समेत यसको महत्वपूर्ण योगदान रहँदै आएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij