कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन : ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन : ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न

शनिवार, आश्विन ३ २०८३
शनिवार, आश्विन ३ २०८३
  • कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन : ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत पहिलो चरणको वडा अधिवेशन आज ४३ जिल्लाका ३ हजार ३९६ वडामा सम्पन्न भएको छ ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार ती वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ । पार्टीको केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै आजदेखि देशभर वडा तहको निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

    अधिवेशन सम्पन्न भएका जिल्लामा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा र मोरङदेखि मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्ला रहेका छन् ।

    समितिका अनुसार महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा पनि आज वडा अधिवेशन सम्पन्न भएको हो ।

    वडा तहको अधिवेशनसँगै कांग्रेसको महाधिवेशन प्रक्रिया तल्लो तहबाट औपचारिक रूपमा अघि बढेको छ । केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन उत्साहजनक रूपमा सुरु भएको जनाएको छ ।

    निर्धारित कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक ३१ जिल्लामा वडा अधिवेशन असोज ४ गते पनि सञ्चालन हुनेछ । त्यसपछि क्षेत्रीय र जिल्ला तहका अधिवेशन हुँदै कांग्रेसको केन्द्रीय महाधिवेशनतर्फ प्रक्रिया अघि बढाइनेछ ।

    कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij