आज संविधान दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

शनिवार, आश्विन ३ २०८३
शनिवार, आश्विन ३ २०८३
  • आज संविधान दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

    २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते संविधान जारी भएको घोषणा गरेका थिए ।

    संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । दिवसको अवसरमा सरकारले विशेष समारोह आयोजना गर्दै आएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहने गर्छ ।

    प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल, विभिन्न संघसंस्था र नागरिकस्तरबाट पनि संविधान दिवसका अवसरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिँदैछ । दिवसका अवसरमा विभिन्न राजनीतिक दल तथा नेताहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।

    नेपालमा २००७ सालदेखि भएका लोकतान्त्रिक आन्दोलन, २०६२/६३ को जनआन्दोलन तथा उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको उपलब्धिका रूपमा संविधानसभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशी र समानुपातिक प्रणालीसहितको संविधान जारी भएको हो ।

    तर संविधान कार्यान्वयनका लागि संघीय संसद्ले निर्माण गर्नुपर्ने केही कानुन अझै बन्न बाँकी छन् । यसअघि बनेका कानुनको प्रभावकारी कार्यान्वयनको विषय पनि उठ्दै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij