बागमतीमा मन्त्रिपरिषद् विस्तार, रमा आलेमगर कृषि मन्त्री

बागमतीमा मन्त्रिपरिषद् विस्तार, रमा आलेमगर कृषि मन्त्री

शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • बागमतीमा मन्त्रिपरिषद् विस्तार, रमा आलेमगर कृषि मन्त्री

    हेटौँडा, २ असोजः बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री किरण थापामगरले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेशसभा सदस्य रमा आलेमगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त गरेका छन्।

    मन्त्री नियुक्त भएकी आलेमगरले शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन्। प्रदेश प्रमुख देवकोटाले उनलाई शपथ गराएका हुन्।

    काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेशसभा निर्वाचन क्षेत्र (२) बाट प्रत्यक्ष निर्वाचित आलेमगर यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुदमन्त्री बनेकी थिइन्।

    मुख्यमन्त्री थापामगरले शुक्रबार आलेमगरलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij