देशभर मनसुनीको साथै पश्चिमी वायुको आंशिक प्रभाव, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देशभर मनसुनीको साथै पश्चिमी वायुको आंशिक प्रभाव, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • देशभर मनसुनीको साथै पश्चिमी वायुको आंशिक प्रभाव, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

    काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

    महाशाखाका अनुसार यसको प्रभावले देशभर सामान्यतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    आज राति कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

    रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यस्तै, कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij