श्रीलङ्काका टी-२० कप्तान असलङ्का एनपिएलमा, विराटनगर किङ्सबाट खेल्ने

श्रीलङ्काका टी-२० कप्तान असलङ्का एनपिएलमा, विराटनगर किङ्सबाट खेल्ने

बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • श्रीलङ्काका टी-२० कप्तान असलङ्का एनपिएलमा, विराटनगर किङ्सबाट खेल्ने

    काठमाडौँ, १ असोजः श्रीलङ्काको टी-२० क्रिकेट टोलीका कप्तान चरिथ असलङ्का नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट मैदान उत्रिने भएका छन् ।

    विराटनगर किङ्सले बिहीबार सामाजिक सञ्जालमार्फत असलङ्कालाई आगामी सिजनका लागि विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । २९ वर्षीय असलङ्का श्रीलङ्काका प्रमुख टी–२० खेलाडीमध्ये एक हुन् ।

    असलङ्काले श्रीलङ्काका लागि ७७ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ४६६ रन बनाएका छन् । उनले बलिङतर्फ सात विकेटसमेत लिएका छन् ।

    फ्रेन्चाइज क्रिकेटमा पनि राम्रो अनुभव बटुलेका असलङ्काले हालसम्म १८५ टी–२० खेलमा तीन हजार ७१५ रन बनाउनुका साथै ३७ विकेट लिएका छन् ।

    उनले क्यारेबियन प्रिमियर लिग, लङ्का प्रिमियर लिग, पाकिस्तान सुपर लिग तथा इन्टरनेसनल लिग टी–२० लगायतका चर्चित फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन् ।

    अब श्रीलङ्काका टी–२० कप्तान असलङ्काको खेल कौशल एनपिएलको मैदानमा नेपाली दर्शकले प्रत्यक्ष देख्न पाउने भएका छन् । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुने तालिका छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij