काठमाडौँ । काठमाडौँको टुँडिखेलमा आज थारु र मगर समूदायको माघी मेलाका क्रममा भीडमा च्यापिएर घाइते हुनेको संख्या ११ पुगेका छ। घाइतेम्धये एक जना प्रहरी रहेका छन्। अरु सबै माघी मेला भर्न आउँनेहरु रहेको बताइएको छ । प्रहरीका अनुसार घाइते हुनेमा खोटाङ हलेशी तुवाचुङ नगरपालिका १० घर भई ललितपुरको पाटनढोका बस्ने १२ वर्षकी त्रिसना मगर, सिन्धुपालचोक घर भई ललितपुरको चामुण्डा बस्ने १२ वर्षकी अञ्जना तामाङ रहेका छन् ।
त्यसैगरी धादिङको गंगाजमुना गाउँपालिका ५ घर भई काठमाडौँको फुटुङ बस्ने १९ वर्षकी रेजिना घले, धनकुटा घर भई ललितपुरको चाखुपाट बस्ने १६ वर्षकी निकिता मगर, बर्दिया राधापुर नगरपालिका १ घर भई काठमाडौँको नयाँबजार बस्ने ३० वर्षकी रेखा चौधरी पनि घाईते भएकी छिन्। सोही भागदौडका क्रममा प्युठान खलङगा गाउँपालिका ४ घर भई काठमाडौँको फुटुङ बस्ने वर्ष १६ की अनिसा केसी, कैलाली भजनिया नगपालिका ३ घर भई ललितपुरको भैसेपाटी बस्ने वर्ष २५ वर्षकी कल्पना चौधरी पनि घाईते भएकी छिन् ।
घाईते हुने अन्यमा सुनसरीको धरान उपमहानगरपालिका ३ घर भई काठमाडौँको बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत ललितपुर महानगरपालिका २२ बस्ने वर्ष ४० की मीना थापा रहेका छन्। त्यसैगरी सोहि भागदौडमा कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौँको सीतापाईला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर र रोल्पा घर भई कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी जवान पृथ्वी बुढामगर पनि घाईते भएको प्रहरीले जनाएको छ।