सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ६, का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका- ५, का अन्दाजी १८ वर्षीया विपना बुढाथोकी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, शनिबार बिहान सिम्क भन्ने ठाउँबाट लुहामतर्फ हुँदै दाङ जान लागेको लु‍.प्र.०२–००१ ज००५ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटरभन्दा तल खसेको थियो ।

    दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij