मकवानपुर हुँदै काठमाडौँ आउने  सवारीका लागि वैकल्पिक मार्ग

मकवानपुर हुँदै काठमाडौँ आउने  सवारीका लागि वैकल्पिक मार्ग

आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • मकवानपुर हुँदै काठमाडौँ आउने  सवारीका लागि वैकल्पिक मार्ग

    काठमाडौंँ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ आउने तथा आउने सवारीसाधनको चाप बढेको छ । सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ तथा १४ सिटभन्दा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आवतजावत गर्न आग्रह गरेको छ ।

    कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनलाई भीमफेदी(देउराली हुँदै आवतजावत गर्न आग्रह गरिएको बताए । प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा बाहेक निजी सवारीसाधन नलैजान, जथाभावी ‘ओभरटेक’ नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij