सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ । रास्वापाको पार्टी कार्यालय बनस्थलीमा आज भएको उक्त भेटवार्तामा उनीहरुबीच भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका काम कारबाही सम्बन्धमा छलफल भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

    सो अवसरमा सभापति लामिछानेले यस्तो विपद्को समयमा स्थानीय र सङ्घीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिएका थिए । यति बेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा आफूहरु सचेत रहेको लामिछानेको भनाई थियो । 

    सभापति लामिछानेले सङ्घीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भेटका क्रममा मुख्यमन्त्री थापाले विपद्को उद्धार र राहतमा तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको गुनासो गर्दै प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको बताएका थिए । 

     प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएकामा दुःख व्यक्त गर्दै तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेको थापाको भनाई थियो। प्रभावित क्षेत्रमा उचित राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको गुनासो मुख्यमन्त्री थापाले गरेका थिए । 

    जलवायु परिवर्तनको असर लामो समयसम्म रहने भएकाले खोला÷नदी किनारका बस्तीहरु स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढङ्गबाट काम गर्नुपर्ने मुख्यमन्त्री थापाको भनाई थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij