रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा परिवारसहित सम्पर्कविहीन

रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा परिवारसहित सम्पर्कविहीन

शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा परिवारसहित सम्पर्कविहीन

    काठमाडौं । रसुवाको भोटेकोसी (ल्हेन्दे) नदीमा आएको विनाशकारी बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा परिवारसहित सम्पर्कविहीन भएका छन्।

    कैलाश मानसरोवर यात्रामा निस्किएका सिम्खडा ९ भदौमा काठमाडौंबाट रसुवातर्फ प्रस्थान गरेका थिए। सोही क्रममा उनी रसुवाको टिमुरेस्थित होटल कैलाशमा बास बसेका थिए। उनीसँगै आमा गोमा सिम्खडा र दिदी शारदा सिम्खडा पनि यात्रामा थिए।

    परिवारका तीनै सदस्य १० भदौ बिहानदेखि सम्पर्कविहीन भएको बताइएको छ। बाढी आएको दिन बिहान साढे ७ बजेसम्म सिम्खडाको काठमाडौंस्थित परिवार तथा शिलापत्र मिडिया नेटवर्कसँग सम्पर्क भएको थियो। त्यसयता उनीहरूसँग कुनै सम्पर्क हुन नसकेको जनाइएको छ।

    सिम्खडा परिवार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे सञ्चालक रहेको हिमालयन ग्लेसियर एड्भेन्चर एन्ड कम्पनीमार्फत कैलाश मानसरोवर यात्रामा निस्किएको थियो। उक्त टोलीमा सिम्खडा परिवारसहित ४० जना विदेशी पर्यटक र सात जना नेपाली स्टाफ गरी ४७ जना रहेका थिए।

    ट्राभल कम्पनीका अनुसार टोली १० भदौदेखि रसुवागढी क्षेत्रबाट सम्पर्कविहीन भएको हो। कम्पनीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा उद्धारमा संलग्न अन्य निकायलाई टोलीको खोजी तथा उद्धारमा सहयोग गर्न आग्रह गरेको छ।

    सिम्खडाको परिवार बा. प्र. ०१–००१–य १९१८ नम्बरको सवारीसाधनमा यात्रारत रहेको बताइएको छ। उक्त सवारीसाधनका चालक नरेन्द्र बडुवाल रहेको ट्राभल कम्पनीले जनाएको छ।

    धादिङको गंगाजमुना गाउँपालिका–३ स्थायी घर भएका सिम्खडाको खोजीका लागि स्थानीय तहले समेत सूचना जारी गरेको छ। यसैबीच, शिलापत्र मिडिया नेटवर्कले सिम्खडासहित सम्पर्कविहीन परिवारको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग विशेष आग्रह गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij