वैकल्पिक सडकमार्फत रसुवामा यातायात सञ्चालन, मुख्यमन्त्री थापा पुगे धुन्चे

वैकल्पिक सडकमार्फत रसुवामा यातायात सञ्चालन, मुख्यमन्त्री थापा पुगे धुन्चे

शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • वैकल्पिक सडकमार्फत रसुवामा यातायात सञ्चालन, मुख्यमन्त्री थापा पुगे धुन्चे

    काठमाडौं । भोटेकोशी बाढीबाट सडक सञ्जालबाट बिच्छेद भएको रसुवा शुक्रबारदेखि पुनः सडक सञ्जालसँग जोडिएको छ । बाढीले सडक र पुल बगाएपछि तीनदिनदेखि सडक सञ्जालबाट अलग भएको रसुवामा वैकल्पिक सडक सञ्चाल मार्फत यातायात सुचारू गरिएको हो । 

    वैकल्पिक सडक सञ्जालमा जोडिएसंगै उद्वार र राहात लगयतका काम अघि बढनउन सहज भएको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जानकारी दिए । यसअघि सडक सञ्जाल नहुदा रसुवाको यथार्थ अवस्था बुझ्न समेत समस्या भएको थापाको भनाइ छ । 

    मुख्यमन्त्री थापाका अनुसार, काठमाडौं(टोखा(छहरे(गड्खार पुल(आप्र(नर्जा(लच्याङ(सरमथली(पाटीखर्क हुँदै बोगटीटार(कालिकास्थानहुँदै रसुवा सदरमुकाम (धुन्चे पुग्न सकिनेछ । सो सडक खण्डमा ४ चक्के साना सवारीसाधन सञ्चालन गर्न सकिने बताइएको छ । 

    वैकल्पिक सडक सञ्चालनमा आएसंगै मुख्यमन्त्री थापा सदरमुकाम धुन्चेसम्म पुगेर बाढीले जिल्लामा पुर्याएको क्षतिका विषयमा स्थानीय जनप्रतिनिधिसंग छलफल गरेका थिए । मुख्यमन्त्री थापाले सो वैकल्पिक सडकको स्तरवृद्वी गरि स्थानीयलाई सहज यातायात सुविधा दिन प्रदेश सरकारले वजेट व्यवस्थापन गर्ने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij