काठमाडौं । माघे सक्रान्ती मनाउँने क्रममा काठमाडौं टुँडिखेलको भीडमा चेपिएर ८ जना घाइते भएका छन् । काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडमा चेपिएर ८ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।
घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भीडमा उनीहरु चेपिएका प्रहरीले जनाएको छ । टुँडिखेलमा थारु र मगर समुदायले माघी महोत्सव मनाइरहेका छन् ।