स्याङ्जामा बोलेरो दुर्घटना, दुईको मृत्युु, १० यात्रु घाइते

स्याङ्जामा बोलेरो दुर्घटना, दुईको मृत्युु, १० यात्रु घाइते

सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • स्याङ्जामा बोलेरो दुर्घटना, दुईको मृत्युु, १० यात्रु घाइते

    काठमाडौं । स्याङ्जामा बोलेरो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । थप १० यात्रु घाइते भएका छन्। जिल्लाको गल्याङ नगरपालिका–८, करादीस्थित भित्री सडकखण्डमा सोमवार  बोलेरो दुर्घटना भएको हो ।  

    सोमबार साँझ गल्याङबाट गल्याङ नगरपालिका–९, साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो दुर्घटना भएको हो। उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

    दुर्घटनामा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको जनाइएको  छ । चालकसहित १० यात्रु घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बोलेरोमा कति जना सवार थिए भन्ने खुलेको छैन। मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij