भोलिदेखि देशभरका सबै म्यानपावर बन्द, वैदेशिक रोजगारीको प्रक्रिया ठप्प पार्ने व्यवसायीको घोषणा

भोलिदेखि देशभरका सबै म्यानपावर बन्द, वैदेशिक रोजगारीको प्रक्रिया ठप्प पार्ने व्यवसायीको घोषणा

आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • भोलिदेखि देशभरका सबै म्यानपावर बन्द, वैदेशिक रोजगारीको प्रक्रिया ठप्प पार्ने व्यवसायीको घोषणा

    काठमाडौं।नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूका सम्बन्धमा सरकारले उदासीनता देखाएको भन्दै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेका छन्। म्यानपावर कार्यालय मात्रै नभएर म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने प्रक्रिया समेत पूर्ण रूपमा रोक्ने सङ्घले जनाएको छ।

    सङ्घले यसअघि नै चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त भइसकेका श्रमिकहरूको उडानका लागि दिइएको समयसीमा समेत समाप्त भएपछि अब भोलिदेखि पूर्ण रूपमा काम–कारोबार ठप्प गर्ने जनाएको छ।

    संघका अनुसार भोलिदेखि काठमाडौँस्थित मुख्य कार्यालय र देशभरका सबै शाखा कार्यालयहरू बन्द, वैदेशिक रोजगारीका लागि गरिने नयाँ विज्ञापन, अन्तर्वार्ता र सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्व–निर्धारित सम्पूर्ण श्रमिक उडान र वैदेशिक रोजगारीसँग सम्बन्धित सबै प्रकारका सरकारी र प्रशासनिक काम–कारोबार बन्द हुने भएको हो।

    संघका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई समग्र व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij