जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार

जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार

आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार

    काठमाडौँ । नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ ।
     
    पहिरो पीडितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहकार्यमा आज उनीहरुको उद्धार गरी सुरक्षित स्थानमा पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
     
    सेनाको टोलीले पहिरोमा परी घाइते भएका आठ जनाको उद्धार तथा चार शव निकालेको निर्देशनालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij