आज लाग्दैछ दुर्लभ सूर्यग्रहण, कहाँ-कहाँबाट देखिन्छ ?

आज लाग्दैछ दुर्लभ सूर्यग्रहण, कहाँ-कहाँबाट देखिन्छ ?

बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • आज लाग्दैछ दुर्लभ सूर्यग्रहण, कहाँ-कहाँबाट देखिन्छ ?

    काठमाडौँ । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। यो ग्रहणको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। तर नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश भागबाट भने यो खगोलीय घटना देखिने छैन।

    नासाका अनुसार यो सन् १९९९ पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण खग्रास ग्रहणको मार्गमा करिब १ करोड ५० लाख मानिस पर्ने अनुमान छ। त्यस्तै, उत्तरी गोलार्धका अन्य धेरै स्थानबाट आंशिक ग्रहण देखिने भएकाले करिब ९८ करोड मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्।

    कहाँबाट सुरु हुन्छ यो ग्रहण ?
    आज चन्द्रमाको छाया उत्तरी रुसबाट अघि बढ्दै ग्रिनल्यान्ड, आइसल्यान्ड र उत्तर आन्ध्र महासागर हुँदै युरोपतर्फ सर्नेछ र पूर्ण ग्रहण स्पेनसम्म पुग्नेछ।

    पूर्ण ग्रहणको चरणमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार अधिकांश स्थानमा पूर्ण ग्रहण देखिने अवधि दुई मिनेटभन्दा कम हुनेछ। तर, केही स्थानमा यो अवधि दुई मिनेटभन्दा केही बढी रहन सक्छ।

    स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियालगायतका सहरबाट पूर्ण ग्रहण देखिनेछ। उदाहरणका लागि, लियोनमा स्थानीय समयअनुसार साँझ ८स्२८ बजे पूर्ण ग्रहण सुरु भई करिब दुई मिनेट रहने नासाको विवरण छ। आइसल्यान्डको रेक्जाभिकमा भने पूर्ण ग्रहण साँझ करिब ५स्४८ बजे सुरु हुनेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij