दुई सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो

दुई सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो

मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • दुई सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो

    काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ । 

    मन्त्रालयका अनुसार आज २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ । यस्तै, एक हजार, २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्‍याक मङ्गलबार रक्सौल आइपुग्नेछ ।

    यस्तै, कोलकाताबाट थप दुई हजार ५०० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्‍याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको कृषि मन्त्री गिता चौधरीले जानकारी दिइन् । उनका अनुसार ३० हजार मेट्रिकटन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij