सूर्यविनायक–८ मा ‘सुख–दुःखको साथ’ कार्यक्रम शुरू, जन्म र मृत्युुमा सहयोग गरिने

सूर्यविनायक–८ मा ‘सुख–दुःखको साथ’ कार्यक्रम शुरू, जन्म र मृत्युुमा सहयोग गरिने

सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • सूर्यविनायक–८ मा ‘सुख–दुःखको साथ’ कार्यक्रम शुरू, जन्म र मृत्युुमा सहयोग गरिने

    भक्तपुर । सूर्यविनायक नगरपालिका–८ ले वडावासीका सुख र दुःखका क्षणमा साथ दिने उद्देश्यसहित ‘सुख–दुःखको साथ’ कार्यक्रम शुरू गरेको  छ । वडा कार्यालयले सोमवार एक सूचना जारी गर्दै वडाभित्रका संवेदनशील परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम लागू गरिएको जनाएको हो । 

    कार्यक्रमअन्तर्गत वडा नं। ८ भित्र कुनै पनि परिवारका सदस्यको मृत्यु भएमा अन्त्येष्टि तथा अन्य आवश्यक कार्यका लागि सम्बन्धित परिवारलाई १० हजार नगद सहयोग प्रदान गरिने वडाअध्यक्ष पुष्पराज बस्नेतले बताए । वडाअध्यक्ष बस्नेतका अनुसार, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणलाई ध्यानमा राख्दै आमालाई २ हजार ५०० बराबरको पोषण सामग्री तथा नवजात शिशुलाई २ हजार ५०० बराबरका नयाँ कपडा उपलब्ध गराइने छ । 

    6c5f3f47-4796-4a65-990c-7e011c5e12d6.jfif

    यो सुविधा प्राप्त गर्न लाभग्राही वडा नं। ८ को स्थायी बासिन्दा हुनुपर्ने वा वडाभित्र बसाइँसराइ गरी आएको हकमा बसाइँसराइ दर्ता भएको हुनुपर्ने  सूचनामा उल्लेख छ । साथै, जन्म वा मृत्यु भएको ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता गरिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । 

    वडाअध्यक्ष बस्नेतले यस कार्यक्रमले नागरिकका जीवनका महत्वपूर्ण क्षणमा स्थानीय सरकारलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे । थप जानकारी तथा सहयोगका लागि वडा कार्यालय वा वडाका जनप्रतिनिधिसँग सम्पर्क गर्न  सूचनामा अनुरोध गरिएको छ ।

    748631087_1069821609068701_3532202707038642353_n.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij