बागमतीका पर्यटकीय गन्तव्यको सम्भावना, चुनौती र भावी कार्यदिशाबारे अन्तरक्रिया सम्पन्न

बागमतीका पर्यटकीय गन्तव्यको सम्भावना, चुनौती र भावी कार्यदिशाबारे अन्तरक्रिया सम्पन्न

मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • बागमतीका पर्यटकीय गन्तव्यको सम्भावना, चुनौती र भावी कार्यदिशाबारे अन्तरक्रिया सम्पन्न

    भक्तपुर  । केन्द्रीय राजधानी रहेको बागमती प्रदेशभित्र रहेका पर्यटकीय गन्तव्यहरूको खोज, पर्यटन क्षेत्रका सम्भावना, चुनौती तथा भावी कार्यदिशाबारे केन्द्रित एकदिने अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

    बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको सहकार्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा प्रदेशभित्र रहेका सांस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा भौगोलिक पर्यटकीय गन्तव्यको सम्भावना, तिनको संरक्षण, प्रवद्र्धन र दिगो विकासका विषयमा विस्तृत छलफल गरियो ।

     

    बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले कानुनी जटिलताका कारण प्रदेशका धेरै महत्वपूर्ण पर्यटकीय गन्तव्यको सम्भावना अपेक्षाअनुसार प्रचार–प्रसार हुन नसकेको बताए । पर्यटन क्षेत्रको सम्भावना उजागर गर्दै भविष्यको आधार तयार गर्न प्रदेश सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराउँदै उनले व्यवसायी बलियो नभएसम्म प्रदेश सरकार पनि बलियो हुन नसक्ने स्पष्ट पारे ।

    मन्त्री श्रेष्ठले भने, ‘संघीय ऐन तथा ईआईएलगायतका कानुनी समस्याका कारण होटल दर्ता प्रक्रियामा कठिनाइ भइरहेको छ । समस्या भए पनि विकल्पसहित समाधान खोज्नुपर्छ । त्यसका लागि बागमती प्रदेश सरकार वार्ता, छलफल र संवाद गर्न सधैं तयार छ । पर्यटन क्षेत्रको दिगो विकास र विस्तारका लागि व्यवसायीसँगै जनता पनि जागरुक हुनुपर्छ र सहकार्य गर्नुपर्छ । नेपालमा चीन र भारतका नागरिकलाई धार्मिक पर्यटकका रूपमा मात्र प्रभावकारी ढंगले भित्र्याउन सके आर्थिक समृद्धिमा ठूलो फड्को मार्न सकिन्छ । त्यसका लागि व्यवसायीले पनि विश्वसनीय सेवा सुनिश्चित गर्नुपर्छ ।’

    नेपाल पर्यटन बोर्डका प्रवन्धक सुमन घिमिरेले पर्यटन क्षेत्रमा समस्या औंल्याउने मात्र नभई समाधानको बाटो पनि खोज्नुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि प्रभावकारी मार्केटिङ र ब्रान्डिङ अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, ‘चालु आर्थिक वर्षमा नेपाल सरकारले आन्तरिक तथा बाह्य गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । हालसम्म करिब १३ लाख पर्यटक आइसकेका छन्, जसमा ९१ हजारभन्दा बढी बाह्य पर्यटक रहेका छन् । भारतबाट मात्रै २५ देखि ३० लाख पर्यटक आउने अपेक्षा गरिएको छ ।’

    098e7332-eb56-4828-ac56-72324b84f408.jfif

    पर्यटन क्षेत्र नै राज्यको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले नेपालको कुल अर्थतन्त्रमा पर्यटन क्षेत्रको करिब २।५ प्रतिशत योगदान रहेको दाबी गरे। आगामी दिनमा लाखमा होइन, करोडमा पर्यटक भित्र्याउने लक्ष्यका साथ योजनाबद्ध रूपमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो । पर्यटन क्षेत्रलाई देशको बहुमूल्य पुँजीका रूपमा व्याख्या गर्दै उनले प्राथमिकता, पूर्वाधार विकास र प्रवद्र्धनमा तीनै तहका सरकारको सहकार्य अपरिहार्य रहेको बताए ।

    होटल व्यवसायी महासंघ नेपाल, बागमतीका अध्यक्ष दामोदर नेपालले पर्यटन क्षेत्र समृद्धिको प्रमुख आधार भए पनि राज्यको नीति अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको बताए । सम्भावनालाई व्यवहारमा उतारेर गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले राज्यको व्यवस्थापकीय नेतृत्व कमजोर रहेको टिप्पणी गरे ।

    62bd2dce-ab20-4f5e-92ac-8d500c383eca - Copy.jfif

    अध्यक्ष नेपालले भने, ‘नेपाल पर्यटन सम्भावनाको खानी हो । कृत्रिम संरचनाभन्दा प्राकृतिक सम्पदाको संरक्षण, संवद्र्धन र विकासमा विशेष जोड दिनुपर्छ । गाउँ–गाउँमा रहेका पर्यटकीय क्षेत्रको विकास अपरिहार्य छ । यसको विकासका लागि प्रविधिसँगै सञ्चारमाध्यम र मिडियाकर्मीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।’

    होटल संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले पर्यटन क्षेत्रमा लगानी गर्न लगानीकर्ताले विभिन्न चुनौती सामना गर्नुपरेको बताए । देशको आर्थिक उन्नतिका लागि होमस्टे पर्यटनको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले नयाँ पर्यटकीय गन्तव्यको विकास आवश्यक रहेको उल्लेख गरे । ग्रामीण पर्यटनप्रति आन्तरिक तथा बाह्य दुवै पर्यटकको आकर्षण बढ्दै गएको बताउँदै उनले भने, ‘सहरी पर्यटनले अब एक्लै धान्न सक्दैन । त्यसका लागि ग्रामीण पर्यटनको विकास र विस्तार अपरिहार्य छ । विदेशी पर्यटक भवन हेर्नभन्दा नेपालको ग्रामीण जीवन, कला र संस्कृति अनुभव गर्न आउँछन् । त्यसैले दिगो पर्यटन विकासका लागि सरकारले ग्रामीण पर्यटनमैत्री नीति अवलम्बन गर्नुपर्छ । काठमाडौं आएका पर्यटक कम्तीमा एक हप्ता बस्ने वातावरण सिर्जना गर्नुपर्छ ।’

    facaa158-4667-4f89-9f15-eb5af7fe7f94 - Copy - Copy.jfif

    कार्यक्रममा मध्यपुर थिमी नगरपालिका वडा नं। ३ का वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्णहरी आचार्यले मध्यपुर थिमी कला, संस्कृति, पौराणिक सम्पदा र ऐतिहासिक महत्वले भरिपूर्ण नगर भएको बताए । बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकले राष्ट्रिय अर्थतन्त्रमा अझ ठूलो योगदान पु¥याउने उल्लेख गर्दै उनले प्रकृति, संस्कृति र आध्यात्मिक केन्द्रलाई जोडेर पर्यटन विकासको रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौंका प्रमुख पदम पोखरेल, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा तथा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारले पनि पर्यटन क्षेत्रको दिगो विकास, सम्भावना र चुनौतीबारे आ–आफ्ना धारणा राखेका थिए ।

    816947c1-7194-476f-8b87-afcf66044189.jfif

    राष्ट्रिय सञ्चार केन्द्र ९एनएमसी० नेपालका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए भने सल्लाहकार दिवस गुरागाईले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रममा पर्यटन व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला गरी ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

    facaa158-4667-4f89-9f15-eb5af7fe7f94 - Copy.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij