काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आजदेखि वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, सोमबार र मंगलबार भने देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव बढेर गएको छ । सोमबार रातिदेखि भने गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका केहि स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।
मंगलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कतिपय पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ । आज बिहानैदेखि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको जनाइएको छ ।