सूर्यविनायकमा बालमैत्री शासन अभियान तीव्र, वडा नं. ७ पहिलो बालमैत्री वडा घोषणा

सूर्यविनायकमा बालमैत्री शासन अभियान तीव्र, वडा नं. ७ पहिलो बालमैत्री वडा घोषणा

शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • सूर्यविनायकमा बालमैत्री शासन अभियान तीव्र, वडा नं. ७ पहिलो बालमैत्री वडा घोषणा

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन अभियानलाई तीव्रता दिँदै वडा नं. ७ गुण्डुलाई पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको छ । नेपाल सरकारद्वारा निर्धारित बालमैत्री स्थानीय शासनका सूचकहरू पूरा गरेपछि उक्त वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो ।

    30f7bff6-26f1-46b1-8720-2466eb395d0d.jfif

    0dace68e-cbea-4a85-8cf2-60fd009280a8.jfif

    शुक्रबार आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले वडा नं. ७ लाई बालमैत्री वडा घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गर्दै नगरपालिकाले बालबालिकाको अधिकार, सुरक्षा, स्वास्थ्य र सहभागितालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले एक साताभित्र नगरपालिकाका सबै वडालाई बालमैत्री वडा घोषणा गर्ने तथा आगामी भदौभित्र सम्पूर्ण नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिए ।

    f31c3037-bae3-47f1-b51c-ab3b60b31d35.jfif

    नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले बालमैत्री नगरपालिका निर्माणका लागि शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा बाल सहभागिताका क्षेत्रमा निरन्तर काम भइरहेको बताइन् । उनले बालबालिकाको हितलाई केन्द्रमा राखेर स्थानीय तहका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिन् ।

    bb6b62be-5595-40b0-b589-215b149bd9a4.jfif

    1bfa5f4e-375e-4a5a-9af1-0c84313158e0.jfif

    वडा नं. ७ का वडाध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले बालविवाह, बालश्रम र बाल हिंसा नियन्त्रणका साथै जन्मदर्ता, विद्यालय भर्ना, खोप, स्वास्थ्य सेवा पहुँच र बाल क्लब गठनलगायतका सूचकहरू पूरा गर्न सफल भएको जानकारी दिए । उनका अनुसार वडाले बालमैत्री स्थानीय शासनका अधिकांश सूचकमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

    8b7f3840-4456-42ea-89fb-152e2f556c68.jfif

    6851044d-88da-41de-ac00-d2c4e9d12b15.jfif

    कार्यक्रममा बाल सञ्जाल, विद्यालय, स्वास्थ्य संस्था, महिला समूह, स्वयंसेवक, सहकारी संस्था तथा विभिन्न सामाजिक संघसंस्थाहरूलाई बालमैत्री अभियानमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो । बालबालिकाहरूले नाटक, गीत तथा सांस्कृतिक प्रस्तुति मार्फत बालअधिकारसम्बन्धी सन्देशसमेत दिएका थिए ।

    9d398003-1659-47c2-8b4e-ede980c334b4.jfif

     

    5a0fd783-9756-4fff-87be-42241a0aa538.jfif

    नगरपालिकाका अनुसार बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनका लागि हालसम्म करिब १ करोड ७० लाख रुपैयाँ बजेट परिचालन गरिएको छ । स्थानीय तहले तोकिएका सूचकहरू पूरा गर्दै बालबालिकाका लागि सुरक्षित, समावेशी र उत्तरदायी वातावरण निर्माण गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

    6466f686-f300-4fa3-be6d-66501f0cf345.jfif

    96750556-cadb-41b4-8329-422bfb101d49.jfif

    9db5f790-80af-4416-a5ac-c9d7ffeecad5.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij