इँटाकाे चाङले थिचिएर तीन मजदुरको मृत्यु, थप दुईजना घाइते

इँटाकाे चाङले थिचिएर तीन मजदुरको मृत्यु, थप दुईजना घाइते

शनिवार, जेठ २ २०८३
शनिवार, जेठ २ २०८३
  • इँटाकाे चाङले थिचिएर तीन मजदुरको मृत्यु, थप दुईजना घाइते

    काठमाडौं । सर्लाहीमा इँटा उधाेगको चाङले थिचिएर तीन मजदुरको ज्यान गएको छ । घटनामा परेर थप दुई घाइते भएका छन् । जिल्लाकाे हरिपुर नगरपालिका–५ मजुर्वास्थित वीरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकालने क्रममा पर्खाल खस्दा उनीहरूले मृत्यु भएको हाे । 

    शुक्रबार साँझ भएको घट्नामा परेर हरिपुर नगरपालिका–७ का ५० वर्षीय फिताई मंसुरकाे मृत्यु भएकाे प्रहरीले जनाएडकाे छ ।

    मृत्यु हुने अन्यमा सोही नगरपालिका–९ गौडेताका  ३५ वर्षीय शम्भु राउत र भारतको लखेमपुर बस्ने ३५ वर्षीय अंगद कुमार रहेका छन् । इटाले थिचेर गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

    घाइते भएका सर्लाहीको मलंगवा नगरपालिका–७ का ३२ बर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । त्यसैगरी सोही ठाउँका वर्ष ५२ का सत्य नारायण र रामवन बस्ने अन्दाजी वर्ष ५० का फिताई मंसुरको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij