प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता ९कर प्रस्तावबाहेक०माथि छलफलका लागि आगामी जेठ ४, ५ र ६ गतेका दिनहरू तोकिएको छ ।

    आज राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोकेका छन् । सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ ४ गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिए ।

    सभामुख अर्यालले उक्त छलफलको टिपोट गर्न अर्थ मन्त्रालय र सभाका सचिवालयका कर्मचारीलाई निर्देशन दिए । सभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहे पनि उक्त प्रस्ताव आजका लागि कार्यसूचीबाट हटाइएको छ ।

    प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ ४ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij