निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानविन गर्न समिति गठन

निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानविन गर्न समिति गठन

शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानविन गर्न समिति गठन

    काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।  

    समितिको सदस्यमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने रहेका छन् । समितिलाई१५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। 

    प्रतिनिधिसभा सदस्य समेत रहेका निस्वर्तमान गृहमन्त्री गुरुङ्गका सम्बन्धमा सार्वजनिकरुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी समितिलाई दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij