त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

    काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।
         
    प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आज गरेकोे निर्णयानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्नेगरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।
         
    जिम्मेवारी प्राप्त गरेसँगै बज्राचार्यले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गरेको त्रिविले जनाएको छ । सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले राजीनामा दिएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij