काठमाडौँ । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो ।
आज बिहान ७ वजे विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो । दमकलको सहायतामा आगो निभाइएको बताइएको छ । अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको जनाइएको छ ।
विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको छ। अहिले प्राविधिक जाँच भइरहेको सिलवालले जानकारी दिए ।