काठमाडौँसहित यी जिल्लामा पर्दै छ पानी

काठमाडौँसहित यी जिल्लामा पर्दै छ पानी

आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँसहित यी जिल्लामा पर्दै छ पानी

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको बताएको छ । 

    महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल तथा देशका बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

    कोशी र बागमती प्रदेशका काठमाडौँ, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट लगायतका हिमाली तथा पहाडी जिल्लाहरूमा वर्षा भइरहेको छ ।

    यसैगरी, लुम्बिनी प्रदेशको रुकुमपूर्व आसपासका जिल्लामा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी परिरहेको छ । यी र आसपासका क्षेत्रमा थपपानी पर्न सक्ने देखिएकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij