गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी

गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी

आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी

    काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ । मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको जानकारी दिए । 

    आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएको जानकारी प्राप्त भएको उनले बताए । बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा करिब  आठदेखि १० लाख रहेको जनाइएको छ ।

    यहाँ मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट गत भदौको जेनजी आन्दोलनपछि हटाइएको थियो । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको थियो । पशुपति क्षेत्रस्थित गौचरणमा रहेको नागेश्वर मन्दिर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारका क्रममा गोठाटारमा स्थानान्तरण गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij