मनाङमा लेक लागेर सिङ्गापुरका नागरिकको मृत्यु

मनाङमा लेक लागेर सिङ्गापुरका नागरिकको मृत्यु

शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • मनाङमा लेक लागेर सिङ्गापुरका नागरिकको मृत्यु

    काठमाडौं । मनाङमा लेक लागेर एक विदेशी नागरिकको मृत्यु भएको छ । जिल्लाको डिस्याङ गाउँपालिका–६ गेनसाङ पुल क्षेत्रमा सिङ्गापुरका एक नागरिक मृत अवस्थामा फेला परेका हुन् ।

    अस्थायी प्रहरी पोस्ट टंकीबाट खटिएको प्रहरी टोलीका अनुसार मृत्यु हुनेमा सिङ्गापुरका ४२ वर्षीय पुरुष रहेका छन् । प्रारम्भिक रूपमा लेक लागेका कारण मृत्यु भएको आशंका गरिएको प्रहरीले जनाएको छ ।

    घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij