युक्रेनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्किन सरकारको अपिल

युक्रेनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्किन सरकारको अपिल

शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • युक्रेनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्किन सरकारको अपिल

    काठमाडौं । सरकारले नेपाली नागरिकलाई युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ । युक्रेनमा रहेका नेपालीलाई पनि यथाशीघ्र सुरक्षित रूपमा नेपाल फर्किन अनुरोध गरिएको छ ।

    जर्मनीको राजधानी बर्लिनस्थित नेपाली राजदूतावास ले अत्यन्त जरुरी सूचना जारी गर्दै रुस–युक्रेनबीच बढ्दो तनावलाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्म युक्रेन भ्रमण नगर्न आग्रह गरेको हो ।

    दूतावासले कुनै पनि प्रयोजनका लागि युक्रेन जान लागेका नेपाली नागरिकलाई आफ्नो यात्रा स्थगन गर्न अनुरोध गरेको छ । साथै हाल युक्रेनमा रहेका नेपालीलाई सुरक्षित तवरले स्वदेश फर्किन आग्रह गरिएको सूचनामा उल्लेख छ ।

    युक्रेनमा रहेका नेपालीलाई आवश्यक सहयोग परेमा दूतावासका प्रथम सचिव रञ्जन यादव को मोबाइल नम्बर +४९१७६२६७४१२०७ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij