रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

    काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा बिहिबार भएको जिप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले बिहिबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिइन् । 

    समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ । 

    रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप हिजाे अपराह्न ३ बजे कच्ची सडकबाट करिब आठ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij