भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले निकट भविश्यमा न्युरो सर्जरी सेवालाइ पुर्णरुपमा संचालन गर्ने भएको छ । बढ्दो सवारी दुर्घट्ना र त्यसबाट हुने क्षति न्युनिकरण गर्न अस्पतालले न्युरो सर्जरी सेवा पुर्णरुपमा संचालन गर्ने भएको हो ।
अस्पतालको १८ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै म्रध्यपुर थिमि नगरपालिकाबाट सञ्चालित कोरिया मैत्री अस्पतालले वेड सहितको हेमोडाइलाइसिस सेवासमेत बिस्तार गर्न लागेको नगरपालिकाका कार्यबाहक नगर प्रमुख बिजय कृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, अस्पतालको सेवा बिस्तार गर्नकै लागि कोरियाको सहयोगमा करिव एक अर्व २६ करोड रुपैंयाको लागतमा भवन निर्माण भइरहेको छ ।

नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल प्रयत्नरत रहेको बताउँदै कार्यबाहक नगर प्रमुख, बिजय कृष्ण श्रेष्ठले कोरिया नेपाल अस्पताल नगरपालिकाबाट सञ्चालन भएका अस्पताल मध्ये मुलुककै नम्बर वान बनेको दावी गरे । अस्पताल आत्मनिर्भर बन्न सफल भएको बताउँदै श्रेष्ठले थप सेवा बिस्तार गरी नगरवासीलाई सेवा प्रदान गरिने बताए ।
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले मन्चबाट कामना गर्दैमा अस्पतालको सफलता नहुने बताउँदै दुःख पिडामा आएका बिरामीलाई गुणस्तरीय र छिटो छरितो सेवा दिनुपर्नेमा जोड दिए । सेवा विस्तारसंगै गुणस्तरमासमेत ध्यान दिनुपर्नेमा भिमिरेको जोड थियो।

कार्यकारी निर्देशक डा दिपेन्द्र कुमार रौशनले अस्पतालले रक्त संचार सेवा २४ सै घण्टा बिस्तार गर्न लागेको बताए । कोरियन सरकारको सहयोगमा निर्माणाधिन भबनलाई अत्याधिक सेबा सहितको उत्कष्ठ सेवा प्रदान गर्ने डा. रौशनको भनाई थियो । कर्मचारीहरुको क्षमता विकास गरी सेवालाई चुस्त तुल्याउँन बिभिन्न खाले तालिम तथा सेमिनारमा सहभागी गराईने कार्यकारी निर्देशक डा रौशनले बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं मध्यपुर थिमि नगरपालिकाका संस्थापक मेयर मदनकृष्ण श्रेष्ठ, अस्पताल संञ्चालक एवम् नेपाली कांग्रेस मध्यपुर थिमि नगर समिति सभापति हरिदाश प्रजापतिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी पूर्व नगर उप प्रमुख मुरारी आचार्य, निवर्तमान उप प्रमुख अन्जना मधिकर्मी, नगर प्रबक्ता कृष्णहरी आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कोइकाका प्रतिनिधि किम लगायतका नगरपालिकाका जनप्रतिनिधि, चिकित्सक, नर्स, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । सोहि अवसरमा अस्पतालले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । अस्पताल सञ्चालक हरिदाश प्रजापतिले रक्तदान गरेर सो सो कार्यको शुभारम्भ गरेका थिए ।