सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु

सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु

मंगलवार, बैशाख १ २०८३
मंगलवार, बैशाख १ २०८३
  • सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु
    काठमाडौ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ३३ वर्षीय प्रहरी निरीक्षक अभय लामाको मृत्यु भएको हो ।
     
    रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए। लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij