यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

    बैतडी ।  राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दले १६ वर्षमुनिका क्रिकेट खेलाडीका लागि निःशुल्क प्रशिक्षण सञ्चालन गरेका छन् ।

    दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित  मैदानमा आजदेखि सञ्चालन भएको प्रशिक्षणमा ४८ खेलाडी सहभागी छन् । मैदानमा अभ्यास खेल जारी छन् । 

    स्थानीयस्तरमा क्रिकेटको विकास र  प्रतिभा पहिचानका निम्ति ‘क्लोज क्याम्प’ सञ्चालन गरिएको मुख्य प्रशिक्षक दीपेन्द्र चन्दले राससलाई बताए । जिल्ला क्रिकेट सङ्घले पनि प्रशिक्षणमा सघाउने बताएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij