दुर्घटनामा परेर झापामा दुई जनाको मृत्यु

दुर्घटनामा परेर झापामा दुई जनाको मृत्यु

आइतवार, पौष २९ २०८०
आइतवार, पौष २९ २०८०
  • दुर्घटनामा परेर झापामा दुई जनाको मृत्यु

    झापा । झापामा भएका सवारी दुर्घट्नामा परेर दुई जनाको ज्यान गएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । जिल्लाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। 

    शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल शनिवार एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । ढकालको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

     मोटरसाइकलको पछाडि सवार मोरङको उर्लाबारी–१ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् । त्यस्तै कार चालक बिर्तामोड–३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड–४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड–३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन् ।

    यस्तै शनिबार नै झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा स्कुटर र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे६प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६प ७१४० नम्बरको स्कुटरसमेत ठोक्किएको थियो ।

    दुर्घटनामा  कनकाई–५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र  कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए । घाइतेमध्ये रघुनाथको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij