चीनको कोइलाखानी दुर्घटनामा १० जनाको मृत्यु, ६ बेपत्ता

चीनको कोइलाखानी दुर्घटनामा १० जनाको मृत्यु, ६ बेपत्ता

आइतवार, पौष २९ २०८०
आइतवार, पौष २९ २०८०
  • चीनको कोइलाखानी दुर्घटनामा १० जनाको मृत्यु, ६ बेपत्ता

    झेङझोउ । चीनमा कोइलाखानी दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । थप छ जना बेपत्ता रहेको त्यहाँका अधिकारीले जनाएका छन् । चीनको हेनान प्रान्तको पिङडिङसान सहरस्थित कोइलाखानीमा शुक्रबार दिउँसो  दुर्घटना भएको हो । 

     पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइलाखानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुुमान गरिएको छ । दुर्घटना हुँदा त्यहाँ ४२५ कामदारले काम गरिरहेको बताइएको छ । तीमध्ये फसेका ३८० जनालाई खानीबाट बाहिर निकालिएको थियो । बाँकी कामदार सबै सकुशल रहेको बताइएको छ । कोइलाखानी सञ्चालकलाई सार्वजनिक सुरक्षा अधिकारीले हिरासतमा राखेका छन् ।

    आपत्कालीन व्यवस्थापन मन्त्रालयबाट खटिएको कार्यदल शनिबार बिहान घटनास्थल पुगेको थियो । मन्त्रालयले मृतक र बेपत्ता व्यक्तिको संख्या यकिन गर्न, खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न तथा थप जोखिम रोक्न र दुर्घटनाको कारण यथाशीघ्र पत्ता लगाउन पहल गर्न आग्रह गरेको छ । उजेनसीको सहयोगमा 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij