रारा विमानस्थलमा उडानको नयाँ कार्यतालिका सार्वजनिक

रारा विमानस्थलमा उडानको नयाँ कार्यतालिका सार्वजनिक

सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • रारा विमानस्थलमा उडानको नयाँ कार्यतालिका सार्वजनिक

    मुगु । यहाँस्थित रारा विमानस्थलमा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ ।

    नेपालगञ्जबाट हप्तामा चार पटक, आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान हुने व्यवस्था मिलाइएको हो । साथै, बिहीबारै नै सुर्खेतबाट पनि रारा विमानस्थलमा उडान हुने नेपाल एयरलाइन्सका रारा विमानस्थल स्टेशन इन्चार्ज नवीनकुमार बिष्टले जानकारी दिए ।

    नियमित उडान सुरु भएसँगै विशेषगरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij